दफा
कोष स्वशासित र सङ्गठित संस्था हुने
: (१) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्थाको रुपमा      रहनेछ ।
(२) कोषको काम कारबाहीको निमित्त यसको एउटा छुट्टै छाप हुनेछ ।
(३) कोषले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न र भाडा वा लिजमा लिन दिन सक्नेछ ।
(४) कोषले आफ्नो नामबाट नालिस उजुर गर्न र कोष उपर पनि सोही नाममा नालिस उजुर लाग्न सक्नेछ ।
(५) कोषले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ ।